कांग्रेस नेता प्रकाशमान सिंह बिरामी, दिल्लीमा उपचार जारी

June 5, 2024

काठमाडौं,जेठ २३- नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद प्रकाशमान सिंहको भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालमा शल्यक्रिया गरिएको छ।

प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि सिंहको जेठ २१ गते शल्यक्रिया गरिएको थियो।

सिंहका स्वकीय सचिव यूपी लामिछानेले डाक्टरहरूलाई उद्धृत गर्दै शल्यक्रियापछि सि‌ंहको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको बताए। 

सिंह अझै केही समय अस्पतालमै रहनेछन्।

सिंह गत जेठ १८ गते परिवारका सदस्यहरूसहित नयाँ दिल्ली गएका थिए।