भरतपुरको चौविसकोठीमा अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु

June 5, 2024

चितवन, जेठ २३- भरतपुर महानगरपालिका–१० चौविसकोठीमा अचेत अवस्थामा फेला परेकी एक महिलाको मृत्यु भएको छ ।

भारत मोतिहारी छतौलिया घरभई हाल भरतपुर–२७ पर्साढापमा डेरा गरी बस्ने ६६ वर्षीय रिहाना खातुन मंगलवार दिउँसो १२ः१५ बजेको समयमा चौविसकोठीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

एक्कासी बेहोस भई भुईमा ढलेकी खातुनलाई उपचारको लागि भरतपुर अस्पताल लगिएको थियो । अस्पतालमा इसिजी गर्ने क्रममा दिउँसो १२ः४० बजे चिकित्सकले खातुनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।