नारायणी नदी किनारमा एक पुरुषको शव फेला

June 5, 2024

चितवन, जेठ २३- भरतपुर महानगरपालिका–४ स्थित नारायणी नदी किनारमा एक पुरुषको शव फेला परेको छ । नारायणी सामुदायिक वनको पछाडिपट्टि मंगलवार दिउँसो ४ बजेको समयमा शव फेला परेको हो ।

स्थानीयको जानकारी पश्चात घटनास्थल पुगेको प्रहरीका अनुसार अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हाे । मृतक पुरुषको पहिचान नखुलेकाे जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

पोष्टमार्टमको लागि शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।