मकैमा अग्रिम करको व्यवस्थाले पोल्ट्री व्यवसायको १ खर्ब ८० अर्ब लगानी जोखिममाः दाना उद्योग संघ

June 5, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन,जेठ २३- नेपाल दाना उद्योग संघले बजेटले पोल्ट्री जगतलाई नै कुनै सम्बोधन नगरेको र मकैमा अग्रिम करको व्यवस्थाले पोल्ट्री व्यवसाय धाराशायी बनेको बताएको छ । संघले विज्ञप्ति जारी गर्दै बजेटले पोल्ट्री जगतलाई नै कुनै सम्बोधन नगरेको तथा मकैमा २.५ प्रतिशत अग्रिम करको व्यवस्था गरी मकैको मूल्य समेत वृद्धि भई आत्मनिर्भर रहेको पोल्ट्री व्यवसाय अझै धेरै मारमा परी पोल्ट्री व्यवसाय नै धारासायी बन्न जाने खतरा रहेको जनाएको हो ।

नेपाल भरका पोल्ट्री व्यवसायमा करिब १ खर्ब ८० अर्ब भन्दा बढीको लगानी रहेको र प्रत्यक्ष र अप्रत्यक्ष गरी ५ लाख परिवारले रोजगारी पाइरहेका भन्दै संघले सरकारको निर्णयले आफूहरु समस्यामा पर्ने उल्लेख संघको भनाइ छ । पोल्ट्री क्षेत्रको अबौंको लगानी डुब्ने, बेरोजगारीको संख्या वृद्धि हुने जस्ता समस्याले गर्दा देशमा अझै बढी आर्थिक संकट आउन सक्ने सम्भावना रहेको संघको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -