वातावरणीय न्यायका लागि काठमाडौँमा पदयात्रा

June 5, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, जेठ २३- विश्व वातावरण दिवसका अवसरमा ‘वातावरणीय न्यायका लागि सँगसँगै पदयात्रा’ गरिएको छ । जलवायुका क्षेत्रमा कार्यरत संस्था साथसाथैको मुख्य आयोजना र अन्य विभिन्न ६४ संस्थाको समन्वयमा आज भद्रकालीबाट सुरु भएको पदयात्रा सुन्धारा न्यूरोड हुँदै वसन्तपुरमा सभामा परिणत भएको थियो ।

सभामा उपसभामुख इन्दिरा रानामगरले नेपालको आर्थिक समृद्धिको मुख्य आधार र पर्यटकको मुख्य आकर्षक हिमाल पग्लिएर कालापत्थरमा परिणत हुन लागेका विषय चिन्ताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो सबैको सरोकारको विषय बन्नुपर्छ र यसको समाधानका लागि आजैदेखि सबै आ–आफ्नो तर्फबाट जुट्औँ । आफ्नो दिनचर्यामा वातावरण संरक्षणका लागि विद्युतीय चुलोको प्रयोगबाटै सुरुवात गरौँ ।”

- ADVERTISEMENT -

Advertisement

उपसभामुख रानामगरले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि यसका कारण नेपालले विभिन्न विपद्, बेमौसमी तथा अनियमित वर्षा, कृषि तथा बालिनालीमा असरलगायतका समस्या भोग्नु परेको बताउनुभयो । कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालका हिमाल कालो हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले भोग्नुपरेका यस्ता समस्याको समाधानका लागि कार्बन बढी उत्सर्जन गर्ने औद्योगिक र विकसित मुलुकसँग क्षतिपूर्ति मागदाबी गर्नुपर्छ ।”

- ADVERTISEMENT -

Advertisement

उहाँले वातावरणीय विनाशका कारण स्थानीय जनता विस्थापित हुने अवस्था सिर्जना भएको उल्लेख गर्दै आजैदेखि वातावरण संरक्षणमा जुट्न सबैलाई ऐक्यबद्धता गर्न आग्रहसमेत गर्नभयो । उहाँले विकासका नाममा हेलचेक्र्याई गर्दा विनाश निम्तिरहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

नेकपा (एमाले) का सचेतक सुनिता बरालले वातावरण संरक्षणका क्षेत्रमा आफूहरु नीतिगत रुपमै काम गर्न सांसदहरुको समूह बनाउने तयारीमा रहेको जानकारी गराउनुभयो । नेपाली कांग्रेसका नेत्री एवं संविधानसभा सदस्य लक्ष्मी परियारले वातावरण संरक्षणमा सरोकारवालासँगै राजनीतिकर्मी पनि संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

मधेसी आयोगका सदस्य रेणुदेवी साहले नेपालको सुन्दर प्राकृतिक सम्पदा जोगाएर पर्यटन प्रवद्र्धन गर्नसके मात्र समृद्धि हासिल हुने बताउँदै यसमा सबैले ऐक्यबद्धताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । साथ साथैका अध्यक्ष प्रजिता कार्कीले वातावरण जोगाउन सबैको सहकार्यको आवश्यकता औल्याउँदै यसका लागि आजैदेखि सबैले व्यक्तिगत रुपमै घरपरिवारबाटै पहलकदमी लिनुपर्ने बताउनुभयो । कार्यक्रममा उपस्थित सबै संस्थाका प्रतिनिधिले वातावरण संरक्षणका लागि ऐक्यबद्धता जनाउनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -