रत्ननगर ,जेठ २२- शहीद स्मृति बहुमुखी क्याम्पस रत्ननगरको आयोजनामा तीन दिने उद्योगी र प्राज्ञ बीच कार्यशाला गोष्ठी सुरु भएको छ ।
उद्योगलाई चाहिने जनशक्ति उत्पादनमा शैक्षिक संस्थाको भूमिका र औद्योगिकमैत्री बाताबरण निर्माणको लागि स्थानीय सरकारले खेल्नु पर्ने भूमिकको बारेमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको छ ।
- ADVERTISEMENT -
स्थानीय सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाको त्रिपक्षिय सहकार्यमा उद्योगलाई आवश्यक पर्ने जनशक्ति र जनशक्ति उत्पादनमा शैक्षिक संस्थाको भूमिकाको बारेमा विज्ञहरु सहित छलफल गरिने छ ।
- ADVERTISEMENT -
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले कमाउदै पढ्दै गर्ने बाताबरण तयार गर्नुपर्ने बताए ।
- ADVERTISEMENT -
पढ्नको लागि विदेश जानेक्रम रोक्न नेपालमै कमाउदै पढ्दै गर्ने बाताबरण तयार गर्नुपर्ने उनको भनाई छ । मन्त्री थपलियाले नेपालको शिक्षालाई उद्योगसंग जोड्न सके कमाउदै पढ्दै गर्न सकिने र युवा विदेशिनेक्रम समेत रोक्न सकिने बताए ।
- ADVERTISEMENT -
कार्यक्रममा त्रिभूवन विश्व विद्यालय मानविकी तथा सामाविक शास्त्रका डिन प्रा.डा.कुशुम शाक्यले गुणस्तरीय शिक्षाका लागि औद्योगिक र शैक्षिक सहकार्य, जगदम्बा इन्टरप्राइजेजका महाप्रबन्धक विनोद अधिकारीले निर्माण क्षेत्रमा जनशक्ति अभाब र शैक्षिक क्षेत्रको भूमिका, चितवन उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले व्यवसायिक क्षेत्रमा जनशक्ति अभाव र व्यवसायी तथा शैक्षिक क्षेत्रले उपेक्षा गरेका जनशक्ति लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन् ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष इश्वरीप्रसाद अर्यालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा त्रिभूवन विश्व विद्यालय मानविकी तथा सामाविक शास्त्रका डिन प्रा.डा.कुशुम शाक्य, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल चितवन उद्योग संघका अध्यक्ष सुर्यप्रसाद न्यौपाने, रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष निराजन खनाल लगायतले मन्तव्य राखेका थिए ।
क्याम्पस प्रमुख बुद्धिराज सेढाईले स्वागत मन्तव्य राखेको सो कार्यक्रम सहप्राध्यापक जगन्नाथ अधिकारीले सञ्चालन गरेका थिए ।