शान्तिकुञ्जको स्थापना दिबस : स्वास्थ्य परीक्षण र सहकारी शिक्षा

May 30, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर,जेठ १७- रत्ननगर वडा नं १२ मा रहेको शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाको १५औं स्थापना दिवसको अबसरमा शेयर सदस्य लक्षित दुई छुट्टा छुट्टै कार्यक्रम गरिएको छ ।

दिवसको अबसरमा बुधबार शेयर सदस्यहरुको स्वास्थ्य परीक्षण गरेको सो सहकारीले विहीबार सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

शेयर सदस्यहरुको स्वास्थ्य रक्षाका लागि स्वास्थ्य परीक्षण शिविर र सहकारीको स्थापना, कारोबार र उद्देश्यका बारेमा बुझाउन सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिएको संस्थाकी अध्यक्ष निर्मला दंगालले बताइन् ।

- ADVERTISEMENT -

Advertisement

सेवा नेपालकी अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघकी सञ्चालक सदस्य पार्वती न्यौपाने प्रमुख अतिथि रहेको सो कार्यक्रममा जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडीले सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य एशोधा पौडेल, सहकारीका सल्लहाकार रघुनाथ भट्ट लगायतले मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -

Advertisement

सचिव सम्झना लामिछानेले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष दुर्गाबरालले स्वागत मन्तव्य राखेकी थिइन् ।

शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था र जनस्वास्थ्य कार्यालयको सयुक्त आयोजना र जिल्ला सहकारी संघको समन्वयमा गरिएको स्वास्थ्य परीक्षण शिविरमामा १६७ जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयबाट जयराम दुवाडी र बकुलहर रत्ननगर अस्पतालका डा.निश्चिल कार्कीको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।

कार्यक्रम सहकारीकी अध्यक्ष दंगालको अध्यक्षतामा भएको सो कार्यक्रममा रत्ननगरका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।

२०६६ सालमा स्थापना भएको सो सहकारीको १ हजार १५० जना शेयर सदस्य रहेका छन् ।

सो सहकारीले आर्थिक कारोबारसंगै दुध संकलन, विविधिकरण, मल, विउ तथा दाना चोकर खरिद विक्री गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -