मुख्यमन्त्री सोडारीद्वारा गणतन्त्रलाई संस्थागत गर्न आग्रह

May 28, 2024
- ADVERTISEMENT -

सुदूरपश्चिम,जेठ १५- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गणतन्त्रलाई संस्थागत गर्न हरेकले आफ्नो कामले देखाउनुपर्ने बेला आएको बताउनुभएको छ । सत्रौँ गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज कैलालीको धनगढीमा आयोजित कार्यक्रममा उहाँले विश्वमै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गर्नुभयो ।

“गणतन्त्रको खास आभास जनतामा हुन नसकिरहेकाले यो व्यवस्थाको कमीकमजोरी सुधार गर्दै अगाडि बढ्न जरुरी छ”, मुख्यमन्त्री सोडारीले भन्नुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव डा हरि लम्सालले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र भएको व्यवस्थामा मात्र नागरिक स्वतन्त्र भएर बाँच्न पाउने बताउनुभयो । सो समारोहमा स्थानीय लोकसंस्कृति झल्किने झाँकी र खेलकुद गतिविधि प्रस्तुत गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

यसअघि धनगढीको सहिदगेटबाट सुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग हुँदै प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राङ्गणमा पुगेर मूल समारोहमा परिणत भएको थियो । यही जेठ १६ गतेसम्म विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै छ ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सत्रौँ गणतन्त्र दिवसले प्रदेशमा दिगो शान्ति, सुशासन र विकासको समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना दिनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -