अत्याधिक गर्मीका कारण रत्ननगरका विद्यालय भोलि देखि बन्द

May 26, 2024

रत्ननगर,जेठ १३- पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पछिल्लो समय बढ्दै गएको अत्याधिक गर्मीका कारण विद्यालय बन्द गरेको छ ।

आइतबार एक सुचना जारी गरी नगरपालिकाले गर्मीका कारण शिक्षण सिकाइ प्रभावित भएको भन्दै जेठ १९ गते सम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।