साैराहमा दुग्ध सहकारीका व्यवस्थापकलाई क्षमता विकास तालिम सुरु

May 24, 2024

रत्ननगर , जेठ ११- चितवनकाे साैराहामा शुक्रबार देखि दुग्ध उत्पादक सहकारी संघका व्यवस्थापकहरूका लागि क्षमता अभिबृद्धि तालिम सुरु भएकाे छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले आयाेजना गरेकाे साे तालिममा १०० बढी व्यवस्थापकहरुकाे सहभागिता रहेकाे छ। तालिमकाे केन्द्रीय दुग्ध उत्पादक संघका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा बाेल्दै संघका जिल्ला अध्यक्ष किशाेर बगालले डेरी उद्योगले भुक्तानी नदिएका कारण किसानहरु मर्कामा परेकाे बताए । दूध बेचेर दाना चाेक्कर किन्न सक्ने अबस्था छैन् उनले भने भुक्तानी राेकिएकाे लामाे समय भयाे, अहिलेकाे जस्ताे अबस्था कहिल्यै आएकाे थिएन् ।

उनले सहकारीले उत्पादन गरेकाे दाना किसानले खरिद नगर्दा समस्या भएकाे बताए । केन्द्रीय दुग्ध उत्पादक संघका काेषाध्यक्ष बालकृष्ण उप्रेतीले समयमै भुक्तानी नपाउने समस्याप्रति राज्य गम्भीर हुनुपर्नेमा जाेड दिए ।

दुईदिन सम्म चल्ने साे तालिममा कार्यालय व्यवस्थापन तथा अभिलेख व्यवस्थापन, सहकारीमा लेखा परीक्षण तथा कर प्रणाली,बैठक व्यवस्थापन, वित्तीय व्यवस्थापन, प्रस्तावना लेखन, सिद्धान्त र व्यवहारिक प्रयाेग, संस्थापक संरचना, व्यवस्थापककाे भूमिका र जिम्मेवारी, जाेखिम क्षेत्रकाे पहिचान, सहकारीमा कानुन पालना र व्यवस्थापन कार्यदिशा लगायतका विषयमा प्रशिक्षण दिइएकाे छ ।

तालिमकाे प्रशिक्षकमा विनाेद खतिवडा र नवकुमार अधिकारी रहेका छन् । संघका उपाध्यक्ष रामेश्वर सिंह ओलीले स्वागत मन्तव्य राखेकाे कार्यक्रम सचिव कल्याण अधिकारीले सञ्चालन गरेका थिए । संघका व्यवस्थापन जनार्दन पाैडेलले सहकारीका व्यवस्थापककाे क्षमता विकाससंगै संघकाे भावी याेजनाकाे बारेमा समेत छलफल हुने जानकारी दिए ।