२५६८औं बुद्धजयन्ती : रत्ननगरमा स्काउटकाे शान्ति पदयात्रा

May 23, 2024
- ADVERTISEMENT -

रत्ननगर, जेठ १० – चितवनको रत्ननगरमा बुधवार बुद्ध जयन्ती मनाईएको छ । रत्ननगर स्काउटले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाएको हो ।

उनिहरुले रत्ननगर वडा नं. १ मा रहेको हिमालयन आवासीय माध्यमिक विद्यालयबाट रत्ननगर वडा नं. १० मा रहेको न्यू स्पिडी आवासीय माध्यमिक विद्यालय सम्म २५६८औं बुद्धजयन्तीको अवसरमा शान्ति पदयात्रा गरी समापन गरिएको थियो ।

उक्त पदयात्रामा शिक्षक एवम् विद्यार्थीहरुको सहभागीता रहेको थियो । शान्ती पदयात्रामा विद्यार्थीहरुले भगवान गौतम बुद्धका सन्देश, बुद्धका बाणी सहितका उपदेश दिने किसिमका पम्पलेटहरु बोकेका थिए ।

- ADVERTISEMENT -

Advertisement

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज (बुधवार) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

- ADVERTISEMENT -

Advertisement

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब २ हजार ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा भएको थियो । बुद्ध २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । छ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि (प्रज्ञा, शील र समाधि) पर्छन् । यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन् । हिन्दू दर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन् ।

प्याप्सन बागमती प्रदेशका सदस्य तथा न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयका स्काउटर डिल्लीराम पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्काउट बागमती प्रदेशका सदस्य तथा मुनलाईट स्काउट ट्रुपका अध्यक्ष चित्र वहादुर रायमाझी प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयका प्राधानाध्यापक अर्जुन वहादुर थापा, स्थानीय स्काउट कार्यालय रत्ननगर स्थानीय प्रमुख आयुक्त देवेन्द्र न्यौपाने, रत्ननगर प्याप्सनका अध्यक्ष तथा हिमालयन आवासीय माध्यमिक विद्यालयका प्राधानाध्यापक स्काउटर पशुपति उपाध्याय, सहायक राष्ट्रिय प्रशिक्षक तथा बुद्धज्वती आवासीय माध्यमिक विद्यालयका प्राधानाध्यापक बैकुण्ठ मरहठ्ठा, रत्ननगर नगरपालिका स्थानीय शैक्षिक पद्धती आयुक्त तथा देबौली आधारभूत विद्यालयका प्राधानाध्यापक रमेश चन्द्र आचार्य, रत्ननगर साकोब्सका अध्यक्ष तथा लिटिल स्टार माध्यमिक विद्यालयका प्राधानाध्यापक स्काउटर पुष्पराज श्रेष्ठ, एन्जलस वल्डका प्राधानाध्यापक गणेश पौडेल, पिसभिजन आवासीय माध्यमिक विद्यालयका प्राधानाध्यापक यम प्रसाद काफ्ले, पिसभिजनका स्काउटर राजु अधिकारी, स्काउटर राजु थापा, दिपेश पौडेल लगायत ४ सय ५६ जना स्काउटका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन लाईसियम बोडिङ्ग स्कुलकी स्काउटर भिमा थापा अधिकारीले गरेकी थिइन् ।f

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -