चितवन, जेठ १०- चितवनको नारायणी नमुना माध्यमिक विद्यालयमा सूचना प्रविधिको मेला (आईटी फेस्ट) हुने भएको छ । विद्यालय र डिआइटिका विद्यार्थीहरुको सक्रियतामा यही जेठ ११ र १२ गते आइटि फेस्ट हुन लागेको आज(बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ ।
महोत्सवमा विद्यालयले प्रयोगमा ल्याएका प्रविधिहरुको जानकारी, विद्यार्थीले सिकेका आईटि सम्बन्धी सीपको प्रयोग, विद्यालयका पूर्व विद्यार्थीहरुले समाजमा पुर्याइरहेका योगदानको समेत जानकारी गराइने प्रध्यानाध्यापक रामशरण दुवाडीले जानकारी दिनुभयो । यस कार्यक्रमबाट आइटि प्रयोगका लागि सकारात्मक प्रेरणा मिल्ने दुवाडीको भनाई छ ।
- ADVERTISEMENT -
विज्ञान र प्रविधिको यस युगमा आइटिले कुनै न कुनै समयमा सहयोग पुर्याउने उनले बताए । यसबाट हुन सक्ने सम्भावित नकारात्मक प्रभावबाट जोगिन आइटि सम्बन्धी नयाँ जानकारी लिन, परिवर्तित समय सापेक्ष विभिन्न सूचना र प्रविधिको स्तर बृद्धि गर्न, डिजिटल प्रविधिको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
- ADVERTISEMENT -