रत्ननगर वडा नं १३ का महिलालाई सीपमुलक तालिम

May 23, 2024
- ADVERTISEMENT -

रत्ननगर, जेठ १०- रत्ननगर नगरपालिका वडा नं १३ का विपन्न महिलाहरुलाई आयआर्जनका लागि सीपमुलक तालिम आयोजना गरिएको छ ।

वडा कार्यालयको आर्थिक सहयोगमा उद्यमशील महिला समूह वडा समितिले आयोजना बेहुलीको बाला, जरी भरेको माला र डिजाइनर पोते बनाउने तालिम गरिएको हो । तालिमको वडाध्यक्ष पोटबहादुर घिमिरेले उद्घाटन गरेका थिए । ३५ जना सहभागी तालिमको प्रशिक्षकमा उद्यमशिल महिला समुह वडा नं ३ वडा समितिकी अध्यक्ष रुपा कट्टेल रहेकी छन् ।

उद्यमशिल महिला समुह वडा नं १३ वडा समितिकी अध्यक्ष सीता खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य हुकुम सुयल, शारदा न्यौपाने, रत्न सिर्मन, वडा सचिव खगनाथ पराजुली, संस्थाकी नगर सदस्य कोपिला कँडेल, समाजसेवी गीता अधिकारी लगायतको उपस्थिति रहेको थियो । उपाध्यक्ष मन्दिरा सापकोटाले स्वागत गरेको कार्यक्रम कोषाध्यक्ष मीरा क्षेत्रीले सञ्चालन गरेकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

उद्यमशिल महिला समुह रत्ननगरकी अध्यक्ष गीता सिंखडाले महिलाहरुको जीवन स्तर उकास्न स्थानीय सरकारसंग सहकार्य गरी सीपमुलक तालिम आयोजना गरिदै आएको बताइन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -