सन्दीपलाई भिसाका लागि ज्ञानेन्द्र शाही र पारसले भेटे गृह र खेलकुद मन्त्री

May 23, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, जेठ १०नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाको भिसाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विभिन्न मन्त्रीलाई भेटेका छन् ।

टी-२० विश्वकप क्रिकेट खेल्न तयार रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि पहल गरिदिन माग गर्दै राप्रपा प्रमुख सचेतक शाहीले क्यान सचिव खडका साथमा लिएर विभिन्न मन्त्रीलाई भेटेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनीहरू दुवैजनाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसँग भेटेर छलफल गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

शाहीका अनुसार यसबारेमा प्रधानमन्त्रीको सचिवालयलाई पनि टेलिफोन गरेर भिसाका लागि पहल गर्न आग्रह गरिएको बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

सन्दीपलाई बुधवार अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो । उक्त कुराको पुष्टि सन्दीप आफैंले सामाजिक सञ्जालबाट गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

सन् २०१९ मा अमेरिकाले भिसा दिन अस्वीकार गर्दा सन्दीपले सामाजिक सञ्जालमा लेखेपछि दूतावासले बोलाएर दिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -