एनएसकेए इन्टरनेशनल कराँते च्याम्पियनसिपमा आठ सय खेलाडीको सहभागिता रहने

May 22, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौ,जेठ ९- नेपाल सोतोकान कराँते सङ्घले काठमाडौँमा बिहीबार देखि साेमबारसम्म ‘१५ औँ एनएसकेए इन्टरनेशनल कराँते च्याम्पियनसिप तथा प्रथम बागमती प्रदेश खुला कराँते च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।

खेल पर्यटनको प्रवर्द्धन र खेलाडीको स्तर वृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगितामा आठ सयजना खेलाडीको सहभागिता रहने छ । प्रतियोगिताको अनुमानित बजेट ३२ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपका लागि भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र भुटानको सहभागिता निश्चित भइसकेको छ। प्रतियोगितामा ४० स्वर्ण, ४० रजत र ८४ वटा कांस्य पदकको लागि खेलाडीबिच भिडन्त हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -