सुजुकीको नयाँ शोरुम भरतपुरमा

May 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन,बैशाख ८ – सुजुकी गाडीका उत्पादन बिक्रीका लागि भरतपुरमा नयांँ शोरुम सञ्चालनमा आएको छ । सिजी होल्डिङ्गसको अटोमोटिभ डिभिजन सिजी मोटोकपले चितवनको लागि साध्वी ईन्टरनेशलले सुजुकीको आधिकारिक डिलर सञ्चालनमा ल्याएको हो ।

आज एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका वडा नम्बर १० अध्यक्ष परमेश्वर खनाल र सिजी मोटोकर्पका निर्देशक सिरज पन्तले गरेका हुन् । सो अवसरमा बोल्दै निर्देशक पन्तले ग्राहकको आवश्यकता र माग अनुसार भरतपुरमा शोरुम सञ्चालनमा ल्याइएको बताए । पछिल्लो समय सुजुका सबै मोडलका गाडीहरुले ग्राहकको मन जितेको बताउंँदै उनले चितवन तथा यसका वरपरका जिल्लालाई लक्षित गरी सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याईएको बताए । वडा अध्यक्ष खनालले सुजुकी गाडी नेपालको माटो सुहाउंँदो र सबै वर्गलाई लक्षित गरी बनाईएको बताउंँदै शोरुम सञ्चालन संँगै ग्राहकको मन जित्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

साध्वी इन्टरनेशनलका महाप्रबन्धक सुरज जोशीले सुजुकीको आधिकारिक डिलर मार्फत कम्पनीले एउटै छानामुनी सबै सेवा उपलब्ध गर्नेगरी सुविधाजनक शोरुम सञ्चालनमा ल्याईएको जानकारी दिए । उनका अनुसार थ्री एस मोडेलको सुजुकीको अन्तरराष्ट्रिय मापदण्ड अनुसारको संरचनामा शोरुम बनेको र यहांँ सुजुकीको गाडी बिक्री गर्नुका साथै सर्भिस सेन्टर तथा स्पेयर पार्टसको पनि सुविधा दिइने छ । ’

- ADVERTISEMENT -

Advertisement

सुजुकीका कारहरुमा पाइने विश्वसनियता, दक्षता र उच्च परफरमेन्सका लागि परिचित सुजुकी नेपालकै सर्वाधिक बिक्री हुने अटोमोबाइल ब्राण्ड बन्न सफल भएको छ , जोशीले भने, हामीले आफ्नो शोरुमबाट ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

- ADVERTISEMENT -

Advertisement

शोरुममा टेष्ट राईड, एक्स्चेञ्ज, फाइनान्सका सुविधाका साथै शोरुम उद्धघाटनको अवसरमा सेल्स, सर्भिसमा आकर्षक सुविधा दिइने साध्वी इन्टरनेशनलका निर्देशक कैलाश घिमिरेले जानकारी दिए । कम्पनीले जानकारी दिएको छ । कम्पनीले सुजुकीका जिम्नी, ग्रयाण्ड भितारा, ईरटिगा, ब्रिजा, फ्रन्क्स, स्वीफ्ट, सेलेरियो, वागन आर, इकोन भ्यान एण्ड कार्गो मोडलका गाडीहरु बिक्री गर्दै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -