ग्रीनल्याण्ड स्कुलमा नमुना निर्वाचनको अभ्यास

May 19, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर,बैशाख ६- चितवनको भरतपुरस्थित ग्रीनल्याण्ड पब्लिक स्कूलले नमुना निर्वाचन मार्फत विद्यालय कप्तान, उपकप्तान र विभिन्न सदनका नायक र सह नायकहरू निर्वाचित गरेको छ।

प्रत्यक्ष प्रथम हुने निर्वाचन पद्धति मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक सत्र २०८१ का लागि आ-आफ्ना प्रतिनिधिहरू चुनेका हुन्।

- ADVERTISEMENT -

Advertisement

कुल ३६ जना उम्मेदवारहरू सहभागी निर्वाचनमा, विद्यालय कप्तान र उपकप्तान छात्र र छात्रा तथा ४ सदन का नायक-सहनायक गरि जम्मा १२ जना उम्मेदवारहरू निर्वाचित भएका हुन्।

- ADVERTISEMENT -

Advertisement

मतदान परिणाम अनुसार विद्यालय कप्तानमा छात्रतर्फ आदित्य थापा, उप कप्तानमा सचिन खनिया र छात्रातर्फ अमिता प्रजा र प्रिया सिलवाल क्रमशः कप्तान र उपकप्तानमा निर्वाचित भएका छन्।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी ४ वटा सदनका नायक र सहनायकमा, निलो सदनबाट दिसन पुलामि मगर – विपसना अर्याल, हरियो सदनबाट पुर्णिमा मण्डल – शिभ सुनार, रातो सदनबाट विराज थपलिया – सजिना कार्की, र पहेलो सदनबाट अनिस कुंवर – जेशिका भारती, निर्वाचित भएका छन्।

- ADVERTISEMENT -

Advertisement

निर्वाचन सञ्चालन समितिको संयोजकको भुमिकामा रहेका विद्यालय अतिरिक्त कृयाकलाप विभाग प्रमुख सन्देश घिमिरेले ग्रीनल्याण्ड पब्लिक स्कूलले विद्यार्थी नेतृत्व निर्वाचन मार्फत छनौट गर्ने यो प्रक्रिया यसै वर्षदेखि नवीन थालनी भएको र यसवाट विद्यार्थीले प्रजातान्त्रीक निर्वाचन प्रणाली राम्रोसँग बुझ्न पएको बताए।

निर्वाचन अधिकृतको भुमिकामा रहनुभएकी विद्यालयकी प्रिन्सिपल इन्दिरा पन्त कार्कीका अनुसार उम्मेदवारी मनोनयन, निर्वाचन आचारसंहिता, दावी बिरोध – फिर्ता अनि प्रचार प्रसारको लागि निश्चित समय समेत दिएर गरिएको यस नमुना निर्वाचनले वास्तविक निर्वाचनको पूर्ण अनुसरण गरेको थियो।

नमुना निर्वाचनले विद्यार्थीहरूमा सहज, सरल र स्वभाविक रूपमा नेतृत्व क्षमता को विकास गराउदै, राजनीतिक सामाजिकीकरण को स्वस्फूर्त अभ्यास र विकास गराउने विद्यालयको उद्देश्य रहेको कार्कीले बताइन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -