रत्ननगर, बैशाख २२- ग्याँसको बढ्दो प्रयोग र यससँगै बढ्दै गएको दुर्घटना न्यूनिकरणका लागि रत्ननगर नगरपालिका वडा नं. ९ मा भान्छा कोठाको सुरक्षा ग्याँसको सुरक्षित प्रयोग तथा प्राथमिक उपचार सम्बन्धी एक दिने सचेतना कार्यक्रम गरिएको छ ।
रत्न प्रिय क्लब, नारी जागरण केन्द्र, वडा स्तरीय महिला सञ्जाल रत्ननगर-९ ले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेकाहुन् ।
- ADVERTISEMENT -
कार्यक्रमका प्रमुख अतिथि रत्ननगर-९ का वडा अध्यक्ष अनन्त अधिकारीले हरेक घरको भान्छामा पुग्ने ग्याँसको प्रयोगमा ध्यान दिनुपर्ने बताए । ‘हरेक भान्छामा पुग्ने ग्याँस प्रयोगमा हरेक उपभोक्ता सचेत बन्नुपर्छ । रेगुलेटर र पाइप पनि नेपाल गुणस्तर चिन्ह भएकै प्रयोग गर्दा त्यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ।’ उनले भने । हाम्रो क्षेत्रमा बसोबास गर्ने जनतालाई सुरक्षित बनाउने प्रयास सधैँ रहनेछ वडा अध्यक्ष अधिकारीले भने ।
- ADVERTISEMENT -
नारी जागरण केन्द्र रत्ननगरकी अध्यक्ष विमला सुवेदी खनालले हरेक घरको भान्छामा पुग्ने ग्यासको प्रयोगमा ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, ‘हरेक भान्छाको पुग्ने ग्यास प्रयोगमा हरेक उपभोक्ता सचेत बन्नुपर्छ । रेगुलेटर र पाइप पनि नेपाल गुणस्तर चिन्ह भएकै प्रयोग गर्दा त्यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ ।’
- ADVERTISEMENT -
रत्न प्रिय क्लब क्लवका अध्यक्ष बसन्त राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा स्तरीय महिला सञ्जाल रत्ननगर ९ की अध्यक्ष देवकी ओझा, दोभान टोल विकास संस्थाकी अध्यक्ष उर्मीला पासवान लगाएतले मन्तव्य राखेका थिए ।
कायृक्रममा मेलमिलाप केन्द्र रत्ननगरकी सचिव संगीता खनाल, प्रगति टोल विकास संस्थाका अध्यक्ष लेखनाथ आचार्य, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, गृहिणीहरुको सहभागिता रहेको थियो ।
रत्न प्रिय क्लबका सचिव विजय लामाले सञ्चालन गरेको कार्यक्रममा नारी जागरण केन्द्रकी महासचिव सरस्वती लामाले स्वागत मन्तव्य राखेकी थिईन् ।