रत्ननगर,बैशाख २१- रत्ननगरमा जारी जेसीज सप्ताह अन्तर्गत शुक्रबार मनोपरामर्श तथा तनाब व्यवस्थापन तालिम गरिएको छ ।
वडा नं २ को आर्थिक सहयोगमा रत्ननगर जेसीजले आयोजना गरेको सो कार्यक्रममा ६२ जनाको सहभागिता रहेको रत्ननगर जेसीजका महासचिव सुरेशजंग पाण्डेले जानकारी दिए ।
- ADVERTISEMENT -
कार्यक्रमको वडा नं २ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरेले उद्घाटन गरेका थिए । सो अबसरमा उनले तनाबले मान्छेलाई डिप्रेसजमा लैजाने र डिप्रेसनले मृत्यूको सिकार हुने जोखिम भएका कारण वडाबासीलाई मनोपरामर्श तथा तनाब व्यवस्थापन सम्बन्धी तालिम दिइएको बताए । उनले विशेषज्ञ डाक्टरहरुबाट मनोमरामर्श सहित तनाब व्यवस्थापन सम्बन्धी ज्ञान हासिल गर्दा जीवन जीउने कलाको विकास हुने उनको भनाई छ ।
- ADVERTISEMENT -
कार्यक्रममा जेसीज सप्ताहका मुल संयोजक रामप्रसाद पाण्डेले सप्ताह व्यापी कार्यक्रमको बारेमा जानकारी गराउदै समुदाय केन्द्रीत कार्यक्रम गरिएको बताए ।
- ADVERTISEMENT -
कार्यक्रममा भरतपुर अस्पतालकी मनोरोग विशेषज्ञ डा.सृजना भूर्तेल र मौलाकालिका अस्पतालकी मनोरोग विशेषज्ञ डा. शान्ति भूर्तेलले सहजीकरण गरेका थिए ।
- ADVERTISEMENT -
रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीको अध्यक्षतामा भएको कार्यक्रममा तालिम संयोजक रोशन काप्रीले तालिमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।
जेसीज सप्ताह अन्तर्गत वैशाख २२ गते रत्नविज समिट, २३ गते वृक्षरोपण, २४ गते लागूऔषध दुव्यर्सनसम्बन्धी सचेतना, २५ गते अन्तरमावि वक्तृत्वकला र सोही दिन जेसीज सप्ताह समापन तथा रजत जयन्ती समारोह हुने रत्ननगर जेसीजका उपाध्यक्ष शौरभ रिजालले जानकारी दिए ।
जेसीज सप्ताह जिल्लाको आर्थिक विकासको खोजी गर्दै सामाजिक काम गरेर मनाउन थालिएको भन्दै रत्ननगर जेसीजका अध्यक्ष पुरीले समाजले युवाहरुको भूमिका खोजिरहेको बेला युवाहरुलाई समाजमा जोड्ने गरी कार्यक्रम तय गरिएको बताए ।