सडक पहुँचले नागरिकको जीवनशैली फेरिँदै

April 8, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ढोरपाटन (बागलुङ), चैत २६-करिब एक दशकअघिसम्म बागलुङका धेरै बस्तीमा मोटरेबल सडकको पहुँच नै थिएन । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा पुग्न सकेको थिएन ।

सङ्घीयता कार्यान्वयनपछि स्थापना भएको स्थानीय तहले पहिलो प्राथमिकतामा सडकमार्गलाई राखेपछि यतिबेला यहाँका १० वटै पालिकाका बस्तीमा सडकको पहुँच पुगेको छ । दुरदराजका बस्तीसम्म सडक पु¥याएपछि अहिले केही विकट बस्तीमा बाहेक अधिकांश स्थानमा गाडी गुड्न थालेका छन् । घरै अगाडिबाट गाडी गुड्न थालेपछि यहाँका पाका मानिसहरु दङ्ग छन् ।

- ADVERTISEMENT -

Advertisement

जिल्लाको सबैभन्दा विकट मानिने निसीखोला, तमानखोला, ढोरपाटन, ताराखोला लगायतका क्षेत्रमा कच्ची मात्रै होइन पक्की सडक पनि धमाधम निर्माण भइरहेका छन् । जसले स्थानीयको जीवनस्तरनै बदलिन थालेको छ । ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा चालु आर्थिक वर्षमा पहिलो पटक मोटरबाटो पुग्यो । यसभन्दा अगाडि बजारबाट सामान ढुवानी गर्न घोडा खच्चकै भरपर्नु पर्ने स्थानीयको बाध्यता हट्यो ।

- ADVERTISEMENT -

Advertisement

निकै विकट मानिने पुरानो गाउँमा ढोरपाटन नगरपालिकाले यसवर्ष करिब २० लाखको लागतमा सडक निर्माण गरेको हो । करिब एक घण्टाको दुरीमा रहेका गाडीखोला र मोराङ गाउँमा वर्षौँ पहिले सडक पुगे पनि पुरानो गाउँमा पुग्न सकेको थियो ।

- ADVERTISEMENT -

Advertisement

गाउँमा सडक पुगेपछि हिजोआज दैनिक गाडी गुड्न थालेका छन् । गाउँमा सडक पुग्नुभन्दा पहिले यहाँका हजारौँ नागरिकले बजारबाट सामान ढुवानी गर्दा साह्रै समस्या खेप्ने गरेको भन्दै गाउँमा कोही बिरामी पर्दा बोकेरै अस्पताल पु¥याउनुपर्ने बाध्यता थियो ।

- ADVERTISEMENT -

Advertisement

मोटरबाटोले स्थानीयवासीको वर्षौंदेखिको समस्या समाधान गरेको स्थानीय कुलबहादुर बढा मगरले बताउनुभयो । गाउँमा अधिकांश स्थानीय कृषि र पशुपालनमा आवद्ध रहेको हुँदा अब यहाँ उत्पादन भएका वस्तु बजारसम्म पु¥याउन र बजारबाट सामान ल्याउन सहज हुने बुढा मगरको भनाइ छ । अब दोकानबाट सामान ल्याउन मान्छेले बोक्नु नपर्ने उहाँ बताउनुहुन्छ । यसभन्दा अगाडि छिमेकी गाउँमा सडक आएको सुनाउँदै यसवर्ष बल्ल सरकारले यस क्षेत्रका नागरिकको समस्या बुझेर सडक पु¥याइदिएको बुढा मगरको भनाइ छ ।

उहाँले भन्नुभयो, “यो गाउँमा धेरै पहिलेनै सडक आउनुपर्ने हो तर विकटताका कारण अहिलेसम्म जोडिन सकेको थिएन, गाउँलेहरुले धेरै पटक सरकारलाई आग्रह गरेका थिए, यसपाली बल्ल आयो, धेरै खुसी लागेको छ, हामी वन जङ्गलमा घाँस दाउरा गर्ने, पशु पाल्ने र खेती किसानी गर्नेलाई बजार जाँदाआउँदा गाडीको सुविधा हुने भयो, पहिला सबै सामान बोकेर ल्याउँथ्यौँ, बजारमा पुग्न तीन÷चार घण्टा लाग्थ्यो अब त छिट्टै पुग्न सकिने भयो ।”

ताराखोला गाउँपालिका–५ मदमडाँडामा सडक पुगेको तीन वर्ष भयो । सडक पुगेपछि अहिले स्थानीयवासीले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न पाएका छन् । जिल्लाको विकट गाउँ मानिने मदमडाँडामा लामो समयपछि सडक पुग्दा स्थानीयको दैनिकीनै बदलिएको छ । म्याग्दीको सिमानासँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन् ।

गाउँपालिकाले अहिले गाउँसँगै अधिकांश बस्तीमा समेत सडक पु¥याएको छ । बस्तीमै सडक पुगेपछि स्थानीयवासी खुसी भएका छन् । गाउँमा सडक आएपछि गाउँलेहरुले जीवनशैलीनै बदलिएको स्थानीयवासी प्रेमबहादुर घर्तीले बताउनुभयो । बजारभन्दा गाउँ निकै टाढा हुँदा यहाँका सयौँ नागरिकले घण्टौँ लगाएर नून, तेल जोहो गर्नुपरेको घर्तीले स्मरण गर्दै अहिले घर–घरमा दोकान खुलेको उहाँ बताउनुहुन्छ । ताराखोला गाउँपालिका आलु र भाँगो उत्पादनमा उर्वर मानिन्छ । गाउँ बस्ती सडक सञ्जालले जोडिएपछि यहाँ उत्पादन भएका कृषि उपज वस्तु बजारीकरणमा सहज भएको उहाँको भनाइ छ ।

सडकको पहुँच नहुँदा किसानले उत्पादन गरेका आलु, सिमी र भाँगो बजारमा बिक्री गर्न सकिएको थिएन । तर अलिहे सहज भएको घर्तीको भनाइ छ । “यो गाउँभन्दा तल फेँदी छ, त्यहाँ त १० वर्ष अगाडि सडक आएको थियो, यहाँबाट फेँदी पुगेर सामान ल्याउने गथ्यौँ, त्यसभन्दा पहिला त बागलुङ बजार हटिया बजार जानुपथ्र्यो, त्यहाँ जान एक दिन लाग्ने गथ्र्यो, अहिले त सामान घरमै आउँछ, गाडी पनि गाउँमै आउँछन्, उतिबेला त महिनौँका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनुपथ्र्यो, अहिले त्यो समस्या छैन” उहाँले भन्नुभयो ।

सडकले गाउँ मात्रै जोडेको छैन, यसले त गाउँलेलाई आम्दानीसँग जोडेको उहाँको बुझाइ छ । “ताराखोलामा धेरैजसो किसानको बसोबास छ, उनीहरुले धेरै थरीका खाद्यन्न उत्पादन गर्दै आएका छन्, अहिले पहिलेको जस्तो बिक्री नहोला भन्ने चिन्ता हुँदैन”, उहाँले भन्नुभयो ।

पछिल्लो समय बागलुङको १० वटा पालिकाका ८५ वटै वडा र बस्तीसम्म सडकको पहुँच पुगेको छ । कतै अहिलेसम्म नयाँ ट्र्याक खुलाउने चरणमा छन् भने कतै स्तरोन्नति हुन थालेको छ ।

विकट पालिकामध्ये तमानखोला गाउँपालिका पनि एक हो । तमानखोला गाउँपालिकाले ६ वटै वडाको बस्ती–बस्तीसम्म सडक पु¥याएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँले अघिल्लो कार्यकालदेखि नै सबै बस्तीमा सडक पु¥याउनका लागि ठूलो लगानी गर्दै आएको बताउनुभयो । अहिले सडक नपुगेको बस्तीनै नभएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “एकदेखि अर्को गाउँ पुग्न अग्ला–अग्ला पहाड छिचोल्नुपर्छ, खोलानाला पार गर्नुपर्छ । नागरिकको सहजताका लागि सडकको पहुँच हुनुपर्छ भन्ने हिसाबले लगानी गरिएको हो । अहिले सडकले नजोडिएको गाउँ छैन ।” उहाँका अनुसार बर्खामा यातायात सञ्चालन गर्न असहज भए पनि हिउँदमा कुनै समस्या छैन । सडकको पहुँचले नागरिकको दैनिकीसमेत बदलिएको छ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -