चितवन, चैत २६- भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा मोटरसाइकल रेसिङ प्रतियोगिता ‘भरतपुर फ्ल्याट ट्रयाक–२०८०’ सम्पन्न भएको आइतबार दिउँसो भएको प्रतियोगितामा दिपेश तामाङ प्रथम भएका छन् ।
यस्तै प्रतियोगितामा विशाल दोर्जे तामाङ फस्ट रनरअप भए भने कुशल दुलाल सेकेण्ड रनरअप भए । उनीहरुलाई प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीले पुरस्कार वितरण गरे । प्रथम स्थान हालिस गरेका दिपेशले नगद ५० हजार, फस्ट रनरअप विशालले नगद ३० हजार र सेकेण्ड रनरअप कुशलले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।नासा नेपाल बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एशोसियसनले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको अवसर पारेर रंगशाला परिसरमा प्रतियोगिता आयोजना गरेको छ ।
- ADVERTISEMENT -
नासा नेपाल बागमतीका अध्यक्ष राजन पियाले छोटो तयारीका बाबजुत अस्थाई ट्रयाकमा प्रतियोगिता सम्पन्न गर्न सफल भएको बताए । उनले मोटरसाइकल रेसिङ प्रतियोगितालाई धेरै कमले खेलकुदको रुपमा लिने गरेको भन्दै त्यसलाई चिर्नका लागि चितवनमा यो प्रतियोगिता गरिएको बताए । उनले आगामि दिनमा यस्तो खालको प्रतियोगिता आयोजना गर्दै जाने बताए ।
- ADVERTISEMENT -
संघले वैशाखमा भरतपुर भ्रमण वर्षलाई प्रवद्र्धन गर्न देवघाट–हलेसी–सगरमाथा मोटर र्याली आयोजना गरेको छ ।
- ADVERTISEMENT -