रत्ननगरमा कक्षा आठको नतिजा प्रकाशन

April 7, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर ,चैत २५- रत्ननगर नगरपालिकाले आधारभूत तह कक्षा ८ को नतिजा आईतबार प्रकाशित गरेको छ । सैद्धान्तिक र प्रयोगात्मक दुुवै गरी समष्टिमा प्रत्येक विषयमा डी प्लस ग्रेड स्तरभन्दा माथिल्लो स्तर कायम गर्ने विद्यार्थीहरू झन्डै ९४ प्रतिशत रहेका छन् ।

उनीहरू कक्षा ९ मा भर्ना हुनयोग्य विद्यार्थी रहेको नगरशिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले जानकारी दिए । छ प्रतिशत विद्यार्थीको डी प्लस ग्रेडभन्दा तल्लो स्तर कायम भएकाले ग्रेड स्तर वृद्धिका लागि पूरक परीक्षा दिनुपर्ने भएको छ ।ति छ प्रतिशत मध्ये पनि २ वटा विषयमा मात्र डी प्लस ग्रेडभन्दा तल्लो स्तर कायम भएका विद्यार्थीहरु मात्र पुरक परिक्षामा सहभागी हुन पाउनेछन् ।

- ADVERTISEMENT -

Advertisement

परीक्षामा सामुदायिक र संस्थागततर्फका गरि कुल एक हजार ६१८ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षाको लागी रजिष्ट्रेशन फारम भरेका मध्ये सात जना विद्यार्थी परिक्षामा सामेल नै भएनन् ।

- ADVERTISEMENT -

Advertisement

समग्रमा यसपटक रत्ननगरको कक्षा आठको नतिजा गतवर्षको भन्दा सुधारिएको देखिएको छ । गतवर्ष यँहाका दुई सामुदायिक विद्यालयहरु द्वारिकादास मावि र कपरफोरी माविको नतिजा शुन्य थियो । तर यसपटक यँहाका सबै विद्यालय शुन्य नतिजा आउन बाट जोगिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

नतिजा हेर्नको लागी यँहा क्लिक गर्नुहोला !

- ADVERTISEMENT -

Advertisement

https://drive.google.com/file/d/1TDoXqiQEe5xZdaIBOeux_XvD414pSuD3/view?fbclid=IwAR1elLqzRzfp5zSVGGbZpxSrOnKElBPuDSMc8b2Vy5cdjEWICEU–7u2pOQ_aem_AUVDlo_KqCInyzALf_7452-nfUzlIT5DJztGq6cDkpgo-sdUWb7krc9HcqME64-B_LAy24WBjuVOgFkpTJ-jIFxq

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -