धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’मा

April 7, 2024
- ADVERTISEMENT -

काठमाडौँ, चैत २५-  नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि ५ जना संक्षिप्त सूची (सर्ट लिस्ट) मा परेका छन्।

अर्थ मन्त्रालयका अनुसार अन्तिम ५ मा पर्नेहरूमा धितोपत्र बोर्डकै कार्यकारी निर्देशक डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठसहित नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र सन्तोषनारायण श्रेष्ठ रहेका छन्।

सरकारले गठन गरेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले फागुन १६ गते अध्यक्षका लागि आवेदन माग गरेको थियो । समा १९ जनाले आवेद दिएका थिए ।

- ADVERTISEMENT -

Advertisement

सर्ट लिस्टमा परेका मध्यबाट समितलिे अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ । अन्तिम तीनजनाबाटै मन्त्रिपरिषदले एक जना बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

गत माघमा अध्यक्ष रमेशकुमार हमाल बोर्डबाट बाहिरिएसँगै करिब २ महिनादेखि बोर्ड नेतृत्व विहीन अवस्था छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -