एमाले नवलपुरको अध्यक्षमा सर्वसम्मत बनाउन नेतृत्व तहमा छलफल

April 7, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नवलपरासी, चैत २५- नेकपा एमाले नवलपुरमा अध्यक्ष पद लगायतका पदमा सर्वसम्मत गराउन एमालेको नेतृत्व तहमा छलफल भइरहेको छ ।

एमाले नवलपुर स्रोतका अनुसार एमाले नवलपुरका पोलिटव्युरो सदस्य एवम् नवलपुर इन्चार्ज मना के.सी जिसी, केन्द्रिय सदस्यहरु तिलक महत, रविन्द्र अधिकारी लगायतको नेतृत्वमा छलफल भइरहेको छ ।

चरणचरणमा छलफल चलिरहेको जनाएको छ । नेकपा एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ, मुक्तिराम पाण्डे अन्तिम प्रतिप्रर्धिको रुपमा देखिने भएका छन् । दुवै जनाले अध्यक्ष नछोड्ने दावी गरेको स्रोतले जनाएको छ । तर, दुवैपक्ष निर्वाचनमा जाने पक्षमा भने देखिएका छैनन् ।

सर्वसम्मत नभएर निर्वाचनमा गएको खण्डमा होमनाथ जैसी, होमनाथ सुवेदी, भिम कंडेल लगायत पनि आकांक्षी देखिएका छन् ।

नेकपा एमाले नवलपुरका अधिवेशन भोलि कावासोतीमा हुँदै छ । अधिवेशनको नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।

नवौं अधिवेशनमा ९२ वटा वडा, ८ वटा पालिका स्तरीय जातीय मुक्ति समाज, जिसी मजदुर १, २१ वटा जनवर्गीय संगठन, जिल्ला सल्लाहाकार, लेखा कमिटि, जेष्ठ नागरिक मञ्चबाट गरी ६ सय ११ जना प्रतिनिधि सहित जिल्ला कमिटि र मनोनित १ सय ४० जना गरी ७ सय ५१ जना प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ सहित ५ सदस्यीय पदाधिकारी पनि चयन गर्ने छ । ५ सदस्यीय पदाधिकारी मध्ये कम्तिमा १ जना महिला अनिवार्य हुने प्रावधान रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -