गैँडाकोट, चैत २५- नवलपुरको गैँडाकोटबाट हराइरहेका एक बालक नारायणी नदीमा मृत अवस्थामा फेला परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ५ आदर्श चोकबाट हराएका १३ बर्षिय अस्विन बस्याल नारायणी नदीमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
एल्लो हाउस होटल भन्दा ठीक तलपट्टी नारायणी नदीमा बालकको शव फेला परेको हो । नदीमा नुहाउन गएका बखत बालक नदीमा डुबेर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । आज विहान ८ वजे बालकको शव भेटिएको र पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
अस्विन चैत्र २३ गते दिउसो ३ वजेदेखि हराइरहेका थिए । परिवार र आफन्तजन उनको खोजिमा जुटेका थिए । बालकको मृत्युले परिवारमा पिडा थपिएको छ । बर्दघाटबाट बसाइसराइ गरि गैँडाकोट आएका अस्विन दुई दिदिहरुसँगै कोठा लिएर भाडामा बस्दै आएका थिए । अस्विनका बुवाआमा रोजगारीको शिलशिलामा विदेशमा रहनुभएको छ ।
- ADVERTISEMENT -