रत्ननगर, चैत २५- चितवनकाे रत्ननगर नगरपालिकाबाट चालू आर्थिक बर्षमा झण्डै २०० जनाले श्रम स्वीकृति लिएका छन् ।
साे नगरपालिकाबाट पछिल्लाे नाैं महिनामा बैदेशिक राेजगारीकाे लागि जाने १९८ जनाले श्रम स्वीकृति लिएकाे प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । केन्द्र सरकारले स्थानीय तहबाटै श्रम स्वीकृति लिन सक्ने गरि अधिकार प्रत्यायाेजन गरेकाे थियाे ।
- ADVERTISEMENT -
रत्ननगरले गत बैशाख महिनाबाट श्रमस्वीकृति दिन सुरु गरेकाे हाे । पछिल्लाे चार महिनामा ६० जना सहित चालू आर्थिक बर्षमा १९८ जनालाई श्रम स्वीकृति प्रदान गरिएकाे प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताए । स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था सुरु भएपछि बैदेशिक राेजगारीमा जाने युवाहरुलाई श्रम स्वीकृति लिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय काठमाडाैं जानू पर्ने बाध्यकारी अबस्थाकाे अन्त्य भएकाे छ ।
- ADVERTISEMENT -
पासपाेर्ट र भिजा लिएर पालिका आएका सेवाग्राहीलाई एक घण्टा भित्र श्रमस्वीकृति प्रदान गर्ने राेजगार सेवा केन्द्र रत्ननगरकी प्रमुख चन्द्रा बस्यालले बताइन् । सेवाग्राहीले दिएकाे आधारमा अनलाइन फारम भरी मन्त्रालयमा पठाउने र मन्त्रालयले स्वीकृति प्रदान गरि सेवाग्राहीकै माेवाईलमा स्वीकृति प्रदान गरेकाे डकुमेण्ट पाउने व्यस्था रहेकाे बस्यालले बताइन् ।
- ADVERTISEMENT -
स्थानीय तहबाट यस अघि एक हप्ता लाग्ने गरेकाेमा अहिले भने एक घण्टा भित्रमा श्रमस्वीकृति पत्र प्राप्त गर्न सकिन्छ ।
- ADVERTISEMENT -