मौलापुरकी मेयर फेरि पदमुक्त भएको गृहमन्त्रीलाई रिपोर्टिङ

April 7, 2024
- ADVERTISEMENT -

काठमाडौं, चैत २५- रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहको पद फेरि विवादमा परेको छ । मेयर साह पदमुक्त रहेको भन्दै निर्वाचन आयोगले आइतबार गृहमन्त्री रवि लामिछानेसमक्ष रिपोर्टिङ गरेपछि साहको पद फेरि विवादमा परेको हो ।

निर्वाचन आयोगले मौलापुर नगरप्रमुख पदमुक्त रहेको र त्यहाँ उपचुनाव गर्नुपर्ने बताए पनि साहले मौलापुर नगरपालिकाको काम भने नियमित रुपमा गरिरहेकी छिन् ।

गत असोज ३० मै निर्वाचन आयोगले रिनाकुमारी पदमुक्त बनेको निर्णय गरेको थियो । यसैवीच आइतबार आयोगमा ब्रिफिङ लिन पुगेका गृहमन्त्री लामिछानेलाई मौलापुरको नगरप्रमुख पद रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुनः जानकारी गराए ।

- ADVERTISEMENT -

Advertisement

आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी नगरप्रमुख रिना नेकपा एमालेबाट विजयी नगरप्रमुख हुन् । तर, प्रभु साह एमालेलाई धोका दिएर स्वतन्त्र सांसद बनेपछि आक्रोशित बनेको एमालेले रीना आफ्नो दलमा नरहेको सूचना निर्वाचन आयोगलाई दिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

एमालेको सोही सूचनाका आधारमा उनलाई नगरप्रमुख पदबाट गत असोज ३० मा निर्वाचन आयोगले हटाउने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

तर, निर्वाचन आयोगको निर्णयविरुद्ध रीना सर्वोच्च अदालत गइन् । अदालतले ०७९ कात्तिक २४ गते अन्तरिम आदेशमार्फत उनको पद थमौती गरिदियो । अदालतको सोही आदेशमा टेकेर रिनाले मेयरको जिम्मेवारी सम्हाल्दै नीतिगत निर्णयहरु गर्दै आइरहेकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -