बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

April 30, 2024
- ADVERTISEMENT -

काठमाडौँ, वैशाख १७- नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् ।

यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । निर्वाचन आयोगले यसबारे औपचारिक घोषणा गर्न बाँकी छ । २०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको निधन भएपछि शनिबार बझाङमा उपनिर्वाचन भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -