शिक्षासहित तीन समितिका बैठक बस्दै

April 30, 2024

काठमाडौं,बैशाख १८- संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र महिला तथा सामाजिक मामिला समतिको बैठक बस्ने भएका हुन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रमका बारेमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम÷ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुने संसद सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।