काठमाडौं, वैशाख १६- प्रतिकुल मौसम कारण बिहानैदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टापछि उडान अवतरण पुनः सञ्चालन भएको छ।
आइतबार बिहानै देखि ‘भिजिबिलिटी’ कम भएका कारण बुद्ध, यती , श्री, सौर्य लगायत वायुसेवा कम्पनीको नियमित उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
- ADVERTISEMENT -

‘आज बिहानै देखि पोखरा तर्फ ‘भिजिबिलिटी’ कम भएका कारण बन्द भएका उडान अघि दिउँसो १:०० बजे खुला भएको हो’ विमानस्थलका एक कर्मचारीले भने, ‘अघि हुन नसकेका उडानहरू अब निरन्तर हुने क्रममा छन।’
- ADVERTISEMENT -

उनका अनुसार आइतबार आन्तरिक उडानतर्फ मुलुकभर १४६ वटा उडानको तालिका रहेको छ।
- ADVERTISEMENT -
