नवलपुरमा एक जना पुरुष मृत फेला

April 28, 2024

नवलपुर, वैशाख १६- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१० भूपू चोकमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

भूपू चोकबाट दक्षिणतर्फ अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेको हो । बारा घर भएका स्थानीय फन्टु नामले बोलाउने मानिस मृत फेला परेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

उनको आफन्तको खोजी भईरहेको प्रहरीले जनाएको छ । शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।