बुबाको हत्या आरोपमा छोरी पक्राउ

April 28, 2024
- ADVERTISEMENT -

काठमाडौं, वैशाख १६- जुम्लामा बुबाको हत्या आरोपमा छोरी पक्राउ परेकी छन्।पातारासि गाउँपालिका-३ का ५६ वर्षीय सुवा महतरातको हत्या आरोपमा उनको २६ वर्षीया छोरी हाँसु ऐडी पक्राउ परेकी हुन्। हाँसु सौतनी छोरी हुन्।

उनलाई अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको टोलीले सनिवार दिउँसो पक्राउ गरेको हो।

पातारासि गाउँपालिका-१ घर भइ माइतीघर आएकी उनले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको हो। उक्त खबर प्राप्त भएसँग उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

- ADVERTISEMENT -

Advertisement

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -