उप निर्वाचन अपडेट: बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

April 28, 2024
- ADVERTISEMENT -

बझाङ, वैशाख १६- बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १ मा हिजो भएको उपनिर्वाचनको मत गणना आज १ बजेपछि सुरु गरिने जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार हाल दलका प्रतिनिधि र सरोकारवालाको बैठक जारी छ । 

 निर्वाचन कार्यालय सूचना अधिकारी गोरख केसीले भने, ‘१ बजेपछि मतगणना सुरु गर्ने तयारी गरेका छौँ ।’ 

 विकट क्षेत्र साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट आज बिहान ल्याएसँगै मतगणना ल्याइएको थियो । सो कारण यहाँ मतगणनामा ढिलाइ भएको हो । 

- ADVERTISEMENT -

Advertisement

मतगणना सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा गरिने छ । शनिबार भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए । यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो ।

- ADVERTISEMENT -

Advertisement

बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -