उप निर्वाचन अपडेट: इलाम– २ मा मतगणना सुरु, फाकफोकथुम गाउँपालिकाबाट गणना थालियो

April 28, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इलाम, वैशाख १६- इलाम– २ मा हिजो भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा दुई ठाउँमा मतगणना सुरु भएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फूयाँलले जानकारी दिए । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ बाट मतगणना सुरु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

यसपछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गर्ने तयारी छ ।

- ADVERTISEMENT -

Advertisement

मत गणनामा इलाम क्षत्र नम्बर २ का मतदाता मात्र उम्मेदवारको प्रतिनिधि बनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

इलामको उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ । यो समग्रमा ६० प्रतिशत हो ।

उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र उम्मेदवार गरी १९ जना चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा हिजो उपनिर्वाचन भएको हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -