बझाङ, वैशाख १६- बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार १ बजेबाट मत गणना सुरु हुने सहमति जुटेको छ । छबिसपाथिभेरा गाउँपालिकामा ७ वटा वडाहरू छन् ।
मतगणना सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा गरिने छ । उनले खबरहबलाई भने, ‘दुई ठाउँमा मत गणना हुन्छ । सम्भवतः आज रातीसम्म मतगणना सक्ने तयारी छ ।’
- ADVERTISEMENT -
शनिबार भएको उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए । यो समग्रमा ४९ दशमलव १२ प्रतिशत हो ।
- ADVERTISEMENT -
बझाङ प्रदेशसभा १ मा विभिन्न दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
- ADVERTISEMENT -