काठमाडौं,बैशाख १०- सरकारले कतारका राजा शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कतारका राजाले मंगलबारबाट गर्नुहुने नेपाल भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उहाँको भ्रमण हुन लागेको हो । कतारका राजा पहिलोपल्ट नेपाल आउन लागेका हुन् । उहाँ भ्रमण सकेर बुधबार बेलुका कतार फर्कने तय भएको छ ।
- ADVERTISEMENT -
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सूचना संचार तथा प्रविधि मन्त्री रेखा शर्माले कतारका राजाको भ्रमणमा विभिन्न सम्झौताहरु हुने पनि बताउनु भयो । कतारी राजाको भ्रमणका क्रममा पर्यटन, विभिन्न मन्त्रालय अन्तर्गतका, खेलकुद, सञ्चार अन्तर्गतका सम्झौताहरु हुने मन्त्री शर्माले जानकारी दिनुभयो।
- ADVERTISEMENT -
कतारका राजासँग नेपाललाई फाइदा हुने ढंगले सम्झौताहरु हुने मन्त्री शर्माको भनाइ छ । कतारका राजाको भ्रमणका क्रममा नेपाल सरकारले कतारलाई दुईवटा हात्ती पनि उपहार दिने तयारी गरेको छ ।
- ADVERTISEMENT -