परियार एकता समाजको साँस्कृतिक कार्यक्रम सम्पन्न

April 22, 2024

भरतपुर ,बैशाख १०- परियार एकता समाजको आयोजनामा ‘परियार एकता मिलन समारोह बिबिध सास्कृतिक तथा अन्तरकृया’ कार्यक्रम सम्पन्न भएको छ ।

समाजका अध्यक्ष सुरज परियारको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गायक एवम समाजसेवी श्रीकृष्ण आले मगर प्रमुख अतिथि रहनु भएको थियो। छुवाछुत बिरुद्ध अभियान नेपालका केन्द्रीय अध्यक्ष कर्ण बहादुर बिश्वकर्माले औपचारिक खण्डमा छुवाछुत बिषयमा प्रशिक्षण दिनु भएको थियो।

सस्थाका सस्थापक अध्यक्ष कुमार परियारले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको सो कार्यक्रममा गायकहरु प्रेम परियार, राम परियार,आयुष परियार, भुवन प्यासीको साङ्गीतिक प्रस्तुति रहेको थियो ।