सौराहामा नेपाल तेक्वान्दो संघको आठौं केन्द्रीय साधारण सभा

April 20, 2024

रत्ननगर,बैशाख ८ – चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल तेक्वान्दो संघको आठौं केन्द्रीय साधारण सभा गरिएको छ ।

साधारण सभाको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ उद्घाटन गर्दै राजनीतिक हस्तक्षेपका कारण खेलकुद अस्तव्यस्थ रहेको बताएका छन् ।

उनले खेलकुदलाई मागिखाने भाडो बनाएको बताए । खेलकुदलाई राजनीतिसंग जोडेर मागिखाने भाडो बनाइएको रहेछ उनले भने अब खेलकुदलाई गरिखाने भाडोको रुपमा विकास गर्ने बताए ।

राजनीतिक हस्तक्षेपका कारण खेलाडीहरु व्यवसायिक बन्न नसकेको भन्दै उनले खेलेरै जीविकोपार्जन हुने गरी खेलकुद क्षेत्रलाई सुधार गर्ने प्रतिबद्धता जनाए ।

खेलकुदमा अथाह सम्भावना छ उनले भने राजनीतिको चपेटामा परेर खेलाडीहरुको भविश्य अनिश्चित बनेको मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले खेलकुदमा नेपालले सफलता प्राप्त गर्ने थप्रै सम्भावना रहेको भन्दै यसको एकमात्र विकल्प व्यवसायिकरण रहेको बताए ।

उपसभामुख इन्दिरा रानाले खेलकुद क्षेत्रमा महिलाप्रति विभेद् भइरहेको भन्दै त्यसको अन्त्य गर्न मन्त्री श्रेष्ठको ध्यानर्कषण गराएकी छन् ।

विभेद्कै कारण प्रतिभाशाली महिला खेलाडीहरु पछाडि परेको भन्दै उनले पुरस्कार र हौसला प्रदान गर्ने काममा महिला खेलाडीलाई विभेद नगर्न आग्रह गरिन ।

संघका अध्यक्ष प्रकास शमशेर रानाले साधारण सभामा खेलकुद क्षेत्रमा विद्यामान समस्या सामधानको लागि छलफल गरी निर्णय गर्ने बताए ।

तेक्वान्दोले अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा उच्च राख्न महत्वपूर्ण भूमिका खेलेको भएपनि राज्यले तेक्वान्दो खेललाई महत्वनदिएको बताए ।

कार्यक्रममा वालवालिकाको क्षेत्रमा निरन्तर काम गर्दै आएकी उपसभामुख राना सहित गोल्छा समुहका अध्यक्ष शेखर गोल्छ तथा तेक्वान्दो खेलको विकासको लागि योगदान गरेकाहरुलाई सम्मान गरिएको छ ।

साधारण सभामा सातै प्रदेशका तेक्वान्दो खेलाडी, प्रशिक्षक गरी २५० जना प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तरराष्टिय प्रशिक्षकहरुको समेत सहभागिता रहेको चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, वागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी, रत्ननगर खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरी लगायतले मन्तव्य राखेका थिए ।

साधारण सभाको बन्दसत्रले बार्षिक तथा आर्थिक प्रतिबेदन पारित गर्ने जनाइएको छ ।

तेक्वान्दो खेलको थप विकासका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद् र संघले गर्नुपर्ने कामको विषयमा छलफल गरी साधारण सभा शनिबार नै सकिएको छ ।