दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा छ जना खेलाडी सहभागी हुँदै

April 18, 2024

काठमाडौं,बैशाख ६– प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा  ६ खेलाडी सहभागी हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अप्रिल १९ देखि २१ तारिखसम्म मित्रराष्ट्र भारतको केरलामा हुन गइरहेको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा सहभागी हुने ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् ।

प्रतियोगितामा सिनियर पुरुष ८१ केजीमुनि योगेनद्र विष्ट, ७३ केजीमुनि पुजन श्रेष्ठ र ६० केजीमुनि अर्जुन क्षेत्री तथा महिलाको सिनियर ८७ केजीमाथि दीपिका अछाजु तथा जुनियरको ६३ केजीमुनि परी घर्ती क्षेत्री र ४४ केजीमुनि दीक्षा मगर सहभागी हुँदै छन् ।

त्यस्तै प्रशिक्षक निर्णायक प्रवीणकाजी श्रेष्ठ तथा व्यवस्थापक ग्याल्जेन शेर्पा रहेका छन् ।