फेसियल हाउसको सातौ शाखा भरतपुरको सिजि ल्याण्डमार्कमा

April 18, 2024

चितवन, वैशाख ६- बरिष्ठ सौन्दर्यविद् सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसले सेवा विस्तार गरेको छ । फेसियल हाउसको सातौ शाखा भरतपुरस्थित सिजि ल्याण्डमार्कमा खुलेको हो ।

भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले एक समारोहका हाउसको शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै भरतपुरकोसमृद्वि यात्रामा हाउस विस्तार उपयोगी हुने बताए ।  उनले स्मार्ट सिटि भरतपुर बनिरहदाँ सौर्यन्दसँग सम्बन्धित व्यवसायले थप टेवा पुग्नेविश्वास व्यक्त गरे । हरियाली र सौर्यन्दय करण उन्मुख बनिरहेको भरतपुरमा फेसियल हाउसले राम्रो भूमिका खेल्ने बताए ।

  फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराले सेवाग्राहीहरूले देशभर गुणस्तरीय सेवा खोज्न थालेपछि फेसियल हाउसको शाखाअन्य स्थानमा पनि क्रमशः विस्तार गरिने बताइन् ।

“सुन्दर देखिने चाहना सृष्टिको आदिकालदेखि नै सबैलाई रहँदै आएको पाइन्छ उनले भनिन्, समयको परिवर्तनसँगै यो चाहना महिला रपुरुष दुबैमा बढ्दै आएको छ ।”

उनले आजको प्रतिष्पर्धात्मक समयमा व्यक्तिको बौद्धिक क्षमतासंगै उसको आवरणीय सुन्दरताको महत्व र आवश्यकतालाई निर्विवादरुपमा प्राथमिकता दिन थालिएको बताईन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानीगर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यवाद दिए ।

काठमाडौं मलको चौथो तलामा प्रमुख शाखा रहेको फेसियल हाउसले चावहिल केएल टावर, पोखरा, सुर्खेत, धनगढी र हाल चितवनमापनि सेवा विस्तार गरेको छ । फेसियल हाउसले नेपालमा नयाँ सौन्दर्य प्रविधिहरु पनि भित्रयाएको छ ।

फेसियल हाउसले हेयर, व्युटी र स्किन केयर संगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीयसेवाहरु दिदै आएको छ ।

चितवनका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखाखोलिएको बताएकी छन् ।

फेसियल हाउसको भरतपुर शाखामा एकैपटक १५  जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने सक्नेछ । फेसियल हाउसले ब्यूटीसम्बन्धीतालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिँदै आएको छ ।

अन्य शाखाबाट पाउने जस्तै सम्पूर्ण सेवा भरतपुर शाखाबाट त्यस क्षेत्रका सेवाग्राहीले प्राप्त गर्नेछन् ।

फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरु प्रयोग गर्ने फेसियल हाउसलेचायापोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको महराले जानकारी दिइन् । ‘सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु हामीलेउपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् ।

नेपालको नम्बर वान व्युटिसैलुनको अवार्ड पाइसकेको फेसियल हाउस स्थापनाको १६ वर्ष पुरा भइसकेको छ । पछिल्लो समय नामकपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरेकी छन् ।

‘फेसियल हाउसको नामको अगाडि वा पछाडि नाम जोडेर कपी गर्ने क्रम पनि बढेको छ,’ उनले भनिन्, ‘फेसियल हाउस मात्रै लेखेको मात्रैहेर्नुहोस् । जहाँ मेरो (सुस्मा महरा) फोटो समेत देख्न सकिन्छ ।’

आप्mना ग्राहकहरुको स्वास्थ्यलाई विशेष ख्याल गर्दै फेसियल हाउसमा प्रयोग हुने सबै औजारहरु पूर्ण रुपमा निर्मलीकरण गर्नुका साथैब्यक्तिको छाला तथा कपालहरु परीक्षण गरेपश्चात मात्र कस्मेटीकको प्रयोग गर्ने गरिन्छ । फेसियल हाउसले कस्टमर केयरको लागिछुट्टै डेस्कको व्यवस्था गरेको छ ।

नेपालीहरुको छाला र कपाललाई मध्यनजर गर्दै चीन, कोरिया, मलेशिया, थाइल्यान्ड र कोरियाको कम्पनीहरुसंग सहकार्य गरेर हर्वलव्युटी, हेयर कस्मेटीक होलसेल तथा रिटेल सेवा पनि फेसियल हाउसले दिदै आएको छ ।

केही समयभित्र नै नेपालमा नै हर्वल कस्मेटीक उत्पादन गर्ने लक्ष्य पनि फेसियल हाउसले लिएको छ । सौन्दर्य सम्बन्धी सेवामा मात्रसीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटीक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस ईन्टरटेन्मेन्टबाट पनिआफुलाई बिस्तारित र बहुआयामिक योजनाको धनी बनाएको छ ।