नयाँ वर्षमा क्यान्सरपीडित बालबालिकालाई उपहार

April 14, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, वैशाख २- नयाँ वर्ष २०८१ को अवसरमा क्यान्सरपीडित बालबालिकालाई रोयल राइनो राइडर्सले स्वास्थ्य लाभको कामनासहित उपहार दिएको छ ।

चितवनको मोटरसाइकल क्लब राइडर्सले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बाल क्यान्सर रोग विभागमा क्यान्सरपीडित बालबालिकालाई विभिन्न स्टेसनरी, खेलकुद तथा मनोरञजनात्मक सामग्री बितरण गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमको संयोजक रोयल राइनो राइडर्स क्लबका सदस्य डा. शशांककुमार सिंहले क्लबको मूल उदेश्य सामाजमा विभिन्न संवेदनशील विषयमा जनचेतना फैलाउनु रहेको बताए । उनले समाजमा आवश्यक ठाउँमा पुगेर सक्दो सहयोग गर्न पनि आफूहरु सक्रिय रहेको बताए । उनले आफूहरुले बिगतमा पनि विभिन्न कार्यक्रमहरु गरिरहेको जस्तै हरेक वर्ष पुरुषको मानसिक स्वास्थ्य र प्रोस्टेट क्यान्सरको बारेमा जनचेतना फैलाउने कार्यक्रम, सडक सुरक्षाको सचेतना र विभिन्न च्यारिटी राइडहरु गर्ने गरेको जानकारी दिए । उनले भने, ‘यो नयाँ वर्ष २०८१ को अवसरमा ब्लिसफुल बन्डल कार्यक्रम गरी क्यान्सर अस्पतालको बाल क्यान्सर रोग विभागमा क्यान्सरपीडित बालबालिकाको मानसिक र शारीरिक विकासमा टेवा पु¥याउने लक्ष्यले स्टेसनरी, खेलकुद तथा मनोरञजनात्मक सामग्री बितरण गर्दै उनीहरूको कठिन पल हरुमा केही खुसी भर्ने सानो प्रयास गरेका छौँ ।’

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा रोयल राइनो राइडर्सका अध्यक्ष प्रितम श्रेष्ठले स्टेसनरी, खेलकुद तथा मनोरञ्जनात्मक सामग्रीहरु अस्पतालका बाल क्यान्सर रोग विभागीय प्रमुख तथा बाल क्यान्सर रोग विषेशज्ञ डा. कृष्ण सागर शर्मालाई हस्तान्तरण गरे । उनले यस्ता कार्यक्रमलाई क्लबले भविष्यमा पनि निरन्तरता दिने र बाल क्यान्सर रोगपीडित बालबालिकालाई सहयोग गर्ने थप अन्य कार्यक्रमहरु पनि आयोजना गर्ने बताए । शिवशक्ति बालमैत्री शैक्षिक सामग्री बिक्री केन्द्र र दिलमाया पुस्तक पसलले शैक्षिक सामग्री जुटाउन सहयोग र सहज गरिदिएकोमा धन्यवाद दिए । उक्त कार्यक्रममा क्लबका उपाध्यक्ष मन्दिपमान श्रेष्ठ, कोषाध्यक्ष शुभम् लामालगायत क्लबका अधिकांश सदयहरु डा. प्रतिमा घिमिरे सिंह र बाल क्यान्सर रोग विभागमा कार्यरत नर्सहरूको पनि उपस्थिति रहेको थियो । सो कार्यक्रममा डा. शर्माले बाल क्यान्सरको प्रारम्भिक लक्षण, किसिम र उपचार पद्धति र सोसँग सम्बन्धित समस्याको बारेमा क्लबका सदस्यहरूलाई जानकारी गराए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -