काठमाडौं, वैशाख २- भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८, बोडेमा आज (आईतबार) जिब्रो छेड्ने जात्रा मनाइएको छ । यस वर्षको जात्रामा स्थानीय सुजन बागश्रेष्ठले जिब्रो छेडाएर जात्रा शुभारम्भ गरेका छन् ।
नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इञ्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थित मञ्चमा श्रेष्ठको जिब्रो छेडिएको हो ।
- ADVERTISEMENT -
यसअघि, सुजनका बुवा बुद्धकृष्ण बागश्रेष्ठले नौ पटकसम्म जिब्रो छेडेर परम्परा धान्दै आएका थियो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडाउने चलन रहेको छ ।
- ADVERTISEMENT -
तस्बिरमा हेर्नुहाेस् :
- ADVERTISEMENT -
तस्बिर : नेपाल फोटो लाइब्रेरी
- ADVERTISEMENT -