काठमाडौं, वैशाख २- कोकाकोला नेपालले ‘चिल एन विन’को सफलतापछि ‘चिल एन विन २.०’ योजना पुनः लिएर आएको छ।
योजनाले ग्राहकलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा ८ जनाका लागि एउटा बाइक लगायतका पुरस्कारहरू जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
- ADVERTISEMENT -
साथै दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिनेछ। योजनाले ग्राहक वर्गमाझ अनेकौं पुरस्कारहरू जित्ने सम्भावना अगाडि ल्याएको छ।
- ADVERTISEMENT -
यस क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलहरूको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ।
- ADVERTISEMENT -
यी कोडहरू ‘चिल एन विन २.०’ क्याम्पेनको वेबसाइट र एसएमएस मार्फत पनि पठाउन सकिने कम्पनीले जनाएको छ। एसएमएसका लागि <COKE> <SPACE> <LABEL युनिक कोड> <SPACE> <FULL NAME> टाइप गरेर ३४००१ मा पठाउनुपर्नेछ भने www.sprite.com.np मार्फत पनि रजिष्ट्रर गर्न सकिन्छ।
- ADVERTISEMENT -
यसको विकल्पमा ग्राहकहरूले लेबलमा रहेको विशेष क्युआर कोड स्क्यान गर्न पनि सक्नेछन्। प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिनेछ।
१ सेप्टेम्बर २०२३ मा सुरु भई ३१ अक्टोबरसम्म चल्ले योजनामा भाग लिएर धेरै भव्य र रोमाञ्चक पुरस्कारहरू जित्ने मौका पाउनेछन्।