रत्ननगर , वैशाख २- चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् । क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले रु एक लाख र प्रदेश सरकारले रु ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले थप रु २५ हजार दिने निर्णय गरेको हो ।
रत्ननगर नगरपालिकाको विशेष नगरसभाले क्यान्सरपीडितलाई सामाजिक उत्तरदायित्व अन्तर्गत २५ हजार सहयोग उपलब्ध गराउने घोषणा गरिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए । उनले छिट्टै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सहयोग सम्बन्धी सम्झौता गरिने बताए ।
- ADVERTISEMENT -
उनले भने, ‘यो सम्झौता २०८१ सालको वैशाख १ गते देखि लागू हुन्छ ।’ सम्झौता अनुसार क्यान्सर उपचार गराइरहेका पालिकाभित्रका व्यक्तिले सङ्घ र प्रदेश सरकारबाट खर्च लिइसकेपछि नगरपालिकाले सहयोग रकम उपलब्ध गराउनेछ ।
- ADVERTISEMENT -
‘क्यान्सर भन्ने बित्तिकै पीडादायिक रोग बुझिन्छ हाम्रो पालिकाभित्र कयौँ व्यक्ति क्यान्सरको पीडामा हुनुहुन्छ’, उनले भने, ‘उहाँहरुको उपचारका लागि पालिकाबाट सहुलियत होस् भनी यसको सुरुवात गरिएको हो ।’
- ADVERTISEMENT -
हाल रत्नगरका दुई सय सात जना क्यान्सरका बिरामी उपचाररत रहेको नगरपालिकाले जनाएको छ ।