कालिका, चैत ३०- चितवन कालिका -१ स्थित माध्यमिक तह सम्म संचालित जुटपानी एकाडेमीको शैक्षिक सत्र २०८० को वार्षिक परीक्षाको नतिजा प्रकाशन र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

कालिका-१ का वडा अध्यक्ष श्री शन्तवीर स्यान्ग्तानको प्रमूख आथित्यतामा सम्पन्न उक्त कार्यक्रम बिद्यालयका प्राचार्य श्री कमल सापकोटाको अध्यक्ष्यतामा सम्पन्न भएको थियो। सामाजिक शिक्षक शोभा सापकोटाले स्वागत मन्तव्य राख्नु भएको थियो भने भीमोदय माविका पूर्व प्रधानाध्यापक डा हरिप्रसाद कडेल लगायतले शैक्षिक मन्तव्य व्यक्त गर्नु भएको थियो।
- ADVERTISEMENT -


कार्यक्रममा खेलकुद,लगायत अतिरिक कार्यकलापको पुरस्कार र कक्षागतरुपमा प्रथम,द्वितीय र तृतीय हुने बिद्यार्थी र उत्कृष्ट शिक्षक तथा अभिभावकहरूलाई सम्मान गरिएको थियो।
- ADVERTISEMENT -


आफ्नै स्वामित्वमा करीव १० कट्ठा जमीन सहित राम्रो भौतिक पूर्वाधार बिकास हुदै गरेको उक्त बिद्यालयले यो वर्ष नयाँ लक्ष्य र नयाँ व्यवस्थापनमा उत्कृष्ट लय लिने र यस क्षेत्रको ठूलो शैक्षिक हवको रुपमा बिकास हुने कुरा प्राचार्य कमल सापकोटा सरले वताउनु भएको थियो।
- ADVERTISEMENT -

बिद्यालयमा चितवनका अगुवा व्यावसायिक व्यक्तित्व बिमल कालाखेती लगायत अन्य प्रतिष्टित व्यक्तित्वहरूको समूहले लगानी र व्यवस्थापकीय नेतृत्व गरेको छ।
- ADVERTISEMENT -






