राष्ट्रियसभामा अञ्जान शाक्यलाई राष्ट्रपतिबाट मनोनीत गर्ने निर्णय 

April 12, 2024

काठमाडौं, चैत ३०- राष्ट्रियसभामा अञ्जान शाक्यलाई राष्ट्रपतिबाट मनोनीत गर्ने निर्णय भएको छ ।

शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको बताइएको छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो । उनी नेकपा एमालेको कोटाबाट सिफारिस भएकी हुन् ।

‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा मलाई छ प्यारो आफू भन्दा’  गीतको गायिका उनी नाताले ओलीकी ‘साली’ हुन् ।

उनी पूर्व सांसद अजयक्रान्ति शाक्यकि पत्नी पनि हुन् ।

इजरायलका लागि नेपाली राजदूत शाक्य पाल टेलिभिजनकी पूर्व समाचार प्रस्तोता समेत हुन् । उनले ओलीको बलमा विभिन्न पदहरू खाइरहेकी छन् ।