हंस सहकारीका सदस्यले चितवन मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशत छूट पाउने

April 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर, चैत २९- भरतपुर महानगरपालिका वडा नं-१, नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्यहरुले चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)मा उपचारका लागि २० प्रतिशत छूट पाउने भएका छन् ।

बिहीबार संस्था र अस्पतालबीच भएको सम्झौताअनुसार संस्थाका सदस्यहरुलाई अस्पतालमा उपचारका क्रममा २० प्रतिशत एवं औषधिमा सात प्रतिशत छूट दिइने उल्लेख छ । संस्थाका अध्यक्ष दिनेशकुमार चुके र चितवन मेडिकल कलेजका तर्फबाट अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

छूट सेवा लिनका लागि हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जारी गरेको कार्ड लिएर अस्पतालमा जानुपर्ने सम्झौतापत्रमा उल्लेख छ । त्यसैगरी संस्थाले आयोजना गरेको कुनै पनि स्वास्थ्यसम्बन्धी कार्यक्रममा अस्पतालले आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताका सम्बन्धमा चितवन मेडिकल कलेजका अप्रेसन व्यवस्थापक पारस अधिकारीले स्पस्ट पारेका थिए ।

- ADVERTISEMENT -

Advertisement

हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र अस्पतालबीच भएको सम्झौता २०८१ वैशाख १ गतेदेखि सुरू भई २०८४ चैत ३० गतेसम्म लागू हुनेछ । सो अवसरमा हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव शारदा शर्मा पौडेल, कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठ, सञ्चालक सदस्य प्रा.डा. होमनाथ सापकोटा संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

यसैगरी होटल व्यवसायी महासंघ नेपाल र चितवन मेडिकल कलेजबीच महासंघमा आबद्ध व्यवसायी, कर्मचारी र आश्रित परिवारका लागि उपचारमा छूट सम्झौता गरिएको महासंघका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -