लंकुमा नवनिर्मित कलात्मक मन्दिर एवम् प्राणप्रतिष्ठा महोत्सवको आय-व्यय सार्वजनिक

April 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन, चैत्र २९- भरतपुर महानगरपालिका–४, लंकुस्थित दक्षिण भारतीय शैलीमा नवनिर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको निर्माण एवम् गत फागुन २ देखि १० गतेसम्म भएको श्रीलक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० को आय–व्यय सार्वजनिक गरिएको छ।

मन्दिर निर्माण तथा प्राणप्रतिष्ठा सम्पादन मूल समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी मन्दिर निर्माणका लागि पाँच करोड १२ लाख ५२ हजार ८६३ रुपैयाँ खर्च, प्राणप्रतिष्ठा महोत्सवमा एक करोड २३ लाख ३० हजार ५३३ रुपैयाँ आम्दानी र ८३ लाख ९२ हजार २६७ रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

खर्च भएर बाँकी रहेको ३९ लाख ४१ हजार रुपैयाँ ग्लोबल आइएमई बैंकमा रहेको अक्षयकोष खातामा जम्मा गरिएको निर्माण समितिका कोषाध्यक्ष रोमाकान्त कंडेलले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्य, भरतपुर–४ का कार्यवाहक वडाध्यक्ष ठाकुरप्रसाद सापकोटा, मन्दिर संचालक समितिका उपाध्यक्ष एवम् प्राणप्रतिष्ठा सम्पादन मूल समितिका संयोजक कमलनयन कंडेल, निर्माण समितिका अध्यक्ष गोपालप्रसाद कंडेल लगायतको उपस्थिति रहेको थियो।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -