राजस्व चुहावट रोक्न छोटी भन्सार खुलाउने प्रयास जारी : गृहसचिव अर्याल

April 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वीरगञ्ज, (पर्सा), चैत्र २९- गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले राजस्व चुहावट तथा अवैध भन्सार छली लगायतका गतिविधि रोक्नका लागि छोटी भन्सार खुलाउने तयारी गरिहेको बताउनुभयो । गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सम्बोधन गर्दै उहाँले छिमेकीमुलुक भारतसँग आवश्यक समन्वय गरेर छोटी भन्सार खुलाउन प्रयत्न गर्ने बताउनुभयो ।

गृहसचिव अर्यालले भन्सार क्षेत्रमा हुने अवैध तस्करी तथा ठगीका गतिविधिले प्रशासन संयन्त्रलाई बद्नाम गरिरहेकाले पनि सोतर्फ गम्भीर भएर काम गर्न प्रशासन प्रमुख तथा प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको छ ।

- ADVERTISEMENT -

Advertisement

‘‘करदाताको सङ्ख्या एक लाख २३ हजार पुगेको देखिन्छ’’ उहाँले भन्नुभयो,‘‘अझै ४९ दशमलव १ प्रतिशत करको दायरामा आएको देखिन्न । त्यसैले पनि प्रशासन संयन्त्रले करको दायरामा नआउनेलाई ल्याउन जरुरी भइसकेको छ ।’’

- ADVERTISEMENT -

Advertisement

अर्थ मन्त्रालयका अर्थसचिव कृष्णहरि पुस्करले राजस्व चुहावट तथा चोरी तस्करी नियन्त्रण गर्नका लागि सुरक्षा निकाय र प्रशासनिक निकायबीच संयुक्त अनुगमन तथा मोनिटरिङ गर्ने प्रणालीको विकास गर्नका लागि सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । ‘‘यहाँ भएका सबै सरकारी निकायले एकआपसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रण गर्नका लागि संयुक्त रुपमा काम गर्नुस्,’’ उहाँले भन्नुभयो,‘‘सबैले समन्वय गरेर अघि बढेको खण्डमा राम्रो नतिजा ल्याउन सकिन्छ ।’’

- ADVERTISEMENT -

Advertisement

अर्थसचिव पुस्करले वीरगञ्जका प्रतिष्ठित उद्योगी व्यवसायीले कारोबार गर्दा बिल लिने र दिने प्रणालीको पनि विकास गर्न सुझाव दिनुभएको छ । अर्थसचिव पुस्करले अन्तरदेशीय नाकाबाट पछिल्लो समय अवैधानिक क्रिप्टो, हुण्डी र सुनचाँदीको कारोबार बढेको तर्फ इङ्गित गर्दै सो नियन्त्रणको लागि प्रभावकारी ढङ्गले काम गर्न सरोकारवाला निकायलाई निर्देश गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

सरकारले समन्वय गरेर छोटी भन्सार खुलाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि जानकारी दिनुभयो । ‘‘छिमेकीमुलुकसँग आवश्यक समन्वय र सहकार्य गरेर अन्तरदेशीय व्यापारलाई अझै सुदृढ बनाउनेतर्फ पहलकदमी भइरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘हामीले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सो कुरालाई राख्दै आइरहेका छौँ ।’’

गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा दुई चरणको छलफल गरिएको थियो । पहिलो चरणमा वीरगञ्जमा रहेका भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्लामा रहेका सुरक्षा निकायसँग सम्बन्धित निकायसँग राजस्व चुहावटको विषयमा छलफल गरिएको थियो । दोसो चरणमा भने वीरगञ्ज उद्योग वाणिज्य सङ्घ लगायतका निकायमा आवद्ध उद्योगी÷व्यवसायीसँग पनि छलफल गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -