उवासंघ–चितवनले नयाँ वर्ष विशेष कार्यक्रम गर्दै

April 11, 2024
- ADVERTISEMENT -

भरतपुर, चैत २९- भरतपुरको विकास र समृद्धिको लागि विकासको सार्वजनिक निजी साझेदारी अवधारणाबमोजिम लामो समयदेखि उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका कार्यालयबीच सहकार्य रहँदै आएको छ ।

भरतपुर महानगरपालिकाको विकासका सवालमा भरतपुर महानगरपालिका कार्यालयले विविध रचनात्मक कार्यहरु आयोजना गर्दै आइरहेको छ । यसै सन्दर्भमा भरतपुर महानगरपालिकाको आयोजना तथा भरतपुरस्थित निजी क्षेत्रको समेत सहकार्यमा घुमौँ भरतपुर भन्ने मूल नाराका साथ वर्ष–२०२४ मनाउन गइरहेको छ । भरतपुर भ्रमण वर्षको प्रचारप्रसार र प्रवद्र्धन गर्ने सवालमा उद्योग वाणिज्य संघ–चितवनले विगत केही महिनादेखि विभिन्न कार्यक्रमहरुसमेत सम्पन्न गरिसकेको छ ।

भतरपुर महानगरमात्र नभई यस जिल्लाको सामाजिक, सांस्कृतिक एवं आर्थिक रुपान्तरणको एक कोशेढुङ्गाको रुपमा स्थापित हुने अपेक्षा गरिएको अध्यक्ष सुमनकुमार श्रेष्ठले बताए ।

- ADVERTISEMENT -

Advertisement

भ्रमण वर्षलाई सफल पार्ने सन्दर्भमा नेपाली नया“ वर्ष २०८१ को अवसरमा उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा यही चैत ३० गते बेलुका ७ः०० बजेदेिख १२ः०० बजेसम्म) र २०८१ वैशाख १ गते बेलुका ४ः०० बजेदेखि ९ः०० बजेसम्म नारायणी नदीकिनारमा विविध सांस्कृतिक कार्यक्रम र खाना महोत्सव सम्पन्न गर्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

आर्थिक मन्दी र व्यापार व्यवसायमा आएको सुस्तताका कारण आर्थिक क्षेत्र गम्भीर परिस्थितिमा रहेको अवस्थामा आयोजना गर्न लागिएको कार्यक्रमले केही आशाको दियो बाल्ने आशा गरेको अध्यक्ष श्रेष्ठले बताए ।

- ADVERTISEMENT -

Advertisement

प्रसिद्ध पर्यटकीयस्थल नारायणी नदीकिनारमा आयोजना गरिएको उक्त कार्यक्रमको अवसरमा नेपाली खाना एवं परम्परागत खानाको समेत प्रचारप्रसार गर्दै आर्थिक कारोवारमा चलायमान गराउने उद्देश्यले २० वटा स्टलमा खानाका परिकार राखिने भएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजना रहेको कार्यक्रममा भरतपुर महानगरपालिका कार्यालय प्रवद्र्धक रहेको छ ।

स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने सो कार्यक्रम दुई दिनसम्म चैत ३० गते बेलुका ७ः०० बजेदेखि १२ बजेसम्म र वैशाख १ गतेका दिन दिउँसो ४ः०० बजेदेखि बेलुका ९ः०० बजेसम्म नारायणी नदीकिनारमा सञ्चालन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -